नेपाल एयरलाइन्सले माग्यो ८ पाइलट

काठमाडौं । नेपाल एयरलाइन्सले साना चिनियाँ जहाज उडाउन ८ पाइलट भर्ना गर्ने भएको छ । निगमले चार जहाज उडाउन ‘लाइन क्याप्टेन’का रुपमा ८ जना पाइलटका लागि दरखास्त आह्वान गरेको हो ।

१५ दिन भित्र दरखास्त बुझाउन सकिने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । ३ हजार उडान अनुभव भएका र उस्तै मोडलका जहाज उडाएका पाएलटले नेवानिका यी जहाज उडाउन पाउने गरी दरखास्त मागिएको छ । निगमले पाइलट अभावमै चल्न योग्य अवस्थामा रहे पनि चिनियाँ जहाजलाई उडाउन सकेको छैन ।

उता, नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा जनशक्ति भर्ना प्रक्रिया थालेको छ । प्राधिकरणले पनि शुक्रबार विज्ञापन खुलाएर जनशक्ति आह्वान गरेको हो । आर्थिक प्रशासन, एयर ट्राफिक सर्भिस, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ, एभिएसशन फायर सर्भिसेज, फ्लाइट अपरेशन सर्भिसेस, सूचना प्रविधिजस्ता पदमा १ सय ३९ जनाका लागि दरखास्त माग गरिएको छ ।

यसमध्ये सबैभन्दा धेरै एयर ट्राफिक सर्भिसेजमा ३८, एयर फायर सर्भिसेज (चौथो तह) ३० र एयर फायर सर्भिसेज (पाँचौ तह)मा १७ जनाका लागि रोजगारीको अवसर खुलेको हो । प्राधिकरणले प्राविधिक विषयका पदहरुमा निश्चित समयको अनुभव आवश्यक रहेको समेत उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस