काठमाडौं । काठमाडौं महानगरपालिकाले यही असार २९ गते सम्पन्न पाँचौं सभाको तेश्रो बैठकले नगरसभामा उठेका गुनासा तथा सुझाव व्यवस्थापन गर्न ३ वटा समिति गठन गरेको छ ।
गठित समितिमा लेखा, विधायन र सुशासन समिति छन् । ती समितिलाई सोही बैठकले नै कार्य विवरण दिइसकेको खमहानगरपालिकाका प्रवक्ता ईश्वरमा डङ्गोलले जानकारी दिए । प्रवक्ता डङ्गोलका अनुसार महानगरपालिकाको चौथो अधिवेशनका क्रममा नगरसभा सदस्यहरुले राखेका प्रस्ताव र सुझाव तथा गुनासालाई सम्बोधन गर्न मचाराजा महर्जनको संयोजकत्वमा समिति गठन गरिएको हो ।
महर्जन नेतृत्वको समितिले पाँचौ नगर सभामा प्रतिवेदन प्रस्तुत गर्दै यस प्रकारका समितिको सिफारिस गरेपछि नगरसभाप्रति जिम्मेवार हुने गरी समितिहरु गठन गरिएका हुन् ।
तपाईंको प्रतिकृया




