आफ्नै बाबुद्वारा जबर्जस्ती करणी

सर्लाही। सर्लाहीमा आफ्नै बुवाले छोरीलाई जबर्जस्ती  करणी  गरेको घटना सार्वजनिक  भएको छ । १६ वर्षीया छोरीलाई ४१ वर्षीय बुवाले बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा छोरी बलात्कार गर्ने बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानाएका छन् । सर्लाहीको हरिपुर नगरपालिक–७ मा आफ्नै छोरीलाई पटकपटक अनैतिक व्यवहार देखाउँदै आएका बुवाले शनिबार बुवाको हद पार गर्दै बलात्कार गरेपछि उनलाई  पक्राउ गरिएको हो ।

पीडित बालिकाकी आमाले साउन १० गते प्रहरीमा दिएको उजुरीको आधारमा पीडक बुवालाई पक्राउ गरेको प्रहरीले जनाए । बुवाको पशुतुल्य कुकर्मबारे पीडित छोरीले आमालाई बताएपछि उनको अपराध सार्वजनिक  भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप