एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

काठमाण्डौ । एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बा ९० प २७३६ नम्बरको मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–५ का पेम्बा तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।

तामाङले ल्याएको एक किलो सुन सक्कली भए नभएको परीक्षणपछि मात्र थाहा हुने नागढुङ्गाका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री