काठमाडौं । देशभर एक दर्जन बढी स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेका छन्।
मंगलबार र बुधबारसम्म अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेका प्रहरीले जनाएको छ।
झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। अज्ञात समूहले नै अर्घाखाँचीमा एनटिसीको टावरमा आगजनी गरेको छ।
उक्त आगजनीको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिकृया दिनुहॊस