मकवानपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ बसामाडि लेवटमा बुधबार साँझ भएको सवारी दुर्घटनाका २ जना मृत्यु भएको छ ।  उपचारका क्रममा अस्मित सुनारको पनि चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्युभए पछि दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

यसअघि दुर्घटनामा परी घाइते भएका  सौरभ सुवेदीको उपचारका क्रममा चुरेहिल हस्पिटलमा मृत्यु भएको थियो। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नम्बरको ट्रक र हेटौँडाबाट बसामाडितर्फ जाँदै गरेको ना३८प ५३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजना घाइते भएका थिए।

दुवैलाई उपचारका लागि चुरेहिल हस्पिटलमा ल्याएकोमा उपचारको क्रममा सुवेदीको मृत्यु भएको थियो भने सुनारलाई थप उपचारका लागि चितवन पठाइएको थियो।  ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस