एजेन्सी । लिभरपुल नयाँ सिजनका लागि तयार देखिएको छ । प्रि–सिजन टूरमा रहेको लिभरपुलले मैत्रीपुर्ण खेलमा लियोनलाई ३–१ गोल अन्तरले हराउँदै नयाँ सिजनका लागि तयार देखिएको हो ।
काठमाडाैँ । प्रि–सिजनको अन्तिम खेलमा जित निकालेको लिभरपुलले करिब एक सातापछि म्यानचेष्टर सिटीसंग कम्युनिटी शिल्डमा भिड्दैछ ।
मेम्फिस डिपेले चौथो मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सेली क्लब लियोनलाई अग्रता दिलाएका थिए । १७ औ मिनेटमा रोबर्टो फिर्मिन्होले खेल बराबरीमा ल्याए ।
जोचिम एन्डरसनले २१ औ मिनेटमा आत्मघाति गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । ५३ औ मिनेटमा ह्यारी विल्सनले लिभरपुललाई ३–१ को जित दिलाए ।
लिभरपुलका मुख्य खेलाडी प्रि–सिजन टूरको अन्तिम खेलमा उपस्थित भएका थिए । एलिसन, जर्दान साकिरी, मोहमद सलाहा, केभी केईटा प्रि–सिजन टूरको अन्तिम खेलमा देखिएका थिए ।
मुख्य खेलाडी अन्तराष्ट्रिय जिम्मेवारीमा ब्यस्त रहदाँ क्लबको खेलमा देखिएका थिएनन् ।
प्रतिकृया दिनुहॊस