एडिबिको ट्रेड फाइनान्स प्रोग्राममा लक्ष्मी बैंक आवद्ध

काठमाडौँ ।  एशियन डेभलपमेन्ट बैंक (एडिबि) को ट्रेड फाइनान्स प्रोग्राम (टिएफपि) र लक्ष्मी बैंकबीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

एडिबिको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालनमा छ । यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ ।

आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ । यसबाट ८ करोड २० लाख अमेरिकी डलरको सहयोग प्राप्त भएको छ ।

यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after