ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ ।

प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको सय कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ । हाथवे फाइनान्सको प्राप्ति पछि बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस