मिस भूटान युएसए २०१९ को उपाधि कवितालाई

बोस्टन । मिस भूटान युएसए २०१९ को उपाधि कविता अहङ्कारीले हात पारेकी छन्। उनले ६ प्रतिस्पर्धीहरु :  बन्दना कोइराला, प्रेज्ञ्ना सिवाकोटी, सिता चौहान, सुस्मिता सुब्बा, र पूजा क्षेत्रीलाई जितेकी हुन् । विजेताले केही हजार डलर नगदसहित अन्य पुरस्कार पाइन्। अन्तिम प्रतिस्पर्धासहितको सांस्कृतिक कार्यक्रम पेन्सलभेनियाको पिट्सवर्गमा भएको थियो।

विजेता अहङ्कारी ओहायो राज्यमा बस्छिन्। गत वर्षको पाँचौं मिस भूटान युएस २०१८ सुचिता प्रधानले जितेकी थिइन्। त्यसअघि प्रकृति राई (२०१४), नुमा लिम्बू (२०१५), विमला शिवाकोटी (२०१६) र आरती घिसिङ तामाङ (२०१७) ले यो उपाधि जितेका थिए। यसअघिका प्रतियोगिताहरू  सन् २०१४ मा पहिलोपटक ह्युस्टन, टेक्सस, त्यसपछि हरेक वर्ष क्रमश  टेनेसीको न्याशभिल, ओहायो राज्यको क्लिभल्याण्ड, पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग, ओहायोको कोलम्बस, र अहिले पेन्सलभेनियाको पिट्सवर्ग आइपुगेको हो।

सत्रदेखि २८ वर्षका अमेरिकामा बसोबास गराइएका भूटानी शरणार्थीका युवतीमाझ मिस युएस भूटान छान्ने यो प्रतियोगिता हिमालयन फेस्टिभल युएसए (एचएफयुएसए) ले आफ्नो एक इभेन्टका रूपमा आयोजना गर्दै आएको छ। एचएफयुएसए, क्यालिफोर्नियामा गैरनाफामुखी संस्थाका रूपमा दर्ता छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सञ्जु र पशुपति शर्माको स्वरमा ‘गल्याङ बजारमा’

काठमाडौं । सञ्जु न्यौपाने र पशुपति शर्माको स्वरमा रहेको मौलिक पञ्चेबाजा गीत ‘गल्याङ बजारमा’ सार्वजनिक …

प्रतिकृया दिनुहॊस