बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राहदानीबाट दुई करोड १७ लाख २५ हजार रुपैयाँ सकंलन भएको छ।
संघ संस्था दर्ता दस्तुरबाट ६ लाख ६८ हजार ५५० रुपैयाँ संकलन भएको छ। त्यसैगरी, न्यायिक दस्तुरबाट ६ लाख ५४ हजार २४३ रुपैयाँ, हातहतियार इजाजत पत्र दस्तुर बापत एक लाख ७६ हजार २५० र परीक्षा शुल्क बापत एक हजार आठ सय रुपैयाँ संकलन भएको सहायक प्रजिअ अर्यालले बताए।
तपाईंको प्रतिकृया




