सिर्जना फाइनान्सले २९.८७% ले बढायो खुद नाफा

काठमाडौं । सिर्जना फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ करोड ७३ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २९.८७% धेरै हो । गत वर्ष सिर्जनाले १२ करोड ११ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने ३८.९७% ले घटेर १५ करोड ६३ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सिर्जनाले २५ करोड ६१ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा १९ करोड रुपैयाँबाट बढेर २४ करोड ७१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा २५ करोड ९८ लाख ४५ हजार रुपैयाँ छ । चौथो त्रैमाससम्म ७ अर्ब १५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको सिर्जनाले ४ अर्ब ८२ करोड ६२ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीले खराब कर्जा पनि सुधार गरेर ०.३४% मा सीमित गरिदिएको छ । अघिल्लो वर्ष खराब कर्जा १.३१% रहेको थियो । सिर्जनाको कस्ट अफ फन्ड ९.३७% र बेस रेट १२.१२% रहेको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको सिर्जनाको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस