सुनिल र यमुनाको ‘‘बुट्टे फरिया’

काठमाडौं । तीज नजिकिँदै गर्दा अचेल दैनिकजसो करिब एक दर्जन हाराहारीमा तीज गीत सार्वजनिक हुने गरेका छन् । यसरी सार्वजनिक हुने केहीमा चेलीका दुःख, केहीमा माइती प्रतिको गुनासो र कतिपयमा गीतमा मायाप्रेमका कुरा समेट्ने गरिएको छ ।

यस्तैमा माया प्रेमका कुरा समेटेर तीज गीत ‘बुट्टे फरिया’ आएको छ । सुनिल घिमिरे क्षेत्री र यमुना अर्यालको स्वर रहेको गीतमा प्रेमीले प्रेमिकालाई राम्रो बनेर अगाडि नाच्न आउन अनुरोध गरेका छन् ।

सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगीत रहेको गीतको निकै आकर्षक म्युजिक भिडियोसमेत बनाइएको छ । भिडियोमा मदन खड्का र रिना थापाले थुप्रै कोरसका साथ नृत्य गरेका छन् । विरेन्द्र भट्टको सम्पादन र अनिल राइको छायाँकन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस