इटालीका लिजेण्ड रोसी बोका जुनियर्समा अनुबन्ध

एजेन्सी । इटालियन क्लब रोमाका लिजेण्ड तथा पूर्व मिडफिल्डर ड्यानीयल डे रोसी अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् ।इटालीका विश्वकप विजेता रोसीलाई बोका जुनियर्सले अनुबन्ध गरेको जनाएको छ । उनले क्लबसँग पाँच महिनाको सम्झौता गरेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएको छ  ।

३६ वर्षे रोसीले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए  । रोमाका लागि ६१६ खेलमा ६३ गोल गरेका रोसी क्लबका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीमा पर्छन्  । सन् २००६ मा इटालीले विश्वकप जित्दा टिममा रहेका रोसीले इटालीबाट ११७ खेल खेलेका छन्  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री