रक्सोल-अमलेखगन्ज पाइपलाइन : दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी

काठमाडौं । रक्सोल-अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने भएको छ। भारतको मोतीहारी–रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी हुने भएको हो।

पाइपबाट ढुवानी गरिएको तेल बाराको अमलेखगन्ज डिपोमा भण्डारण गरिने छ। नेपाल र भारतको संयुक्त लगानीमा बनेको पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर इन्धन ढुवानी गरिनेछ। दैनिक २० घण्टा पाइपलाइन सञ्चालन गरिनेछ।

परियोजना निर्माणका लागि नेपाल र भारतबीच ७ भदौ २०७२ मा यस परियोजनाको निर्माण मन्त्रिस्तरीय सम्झौता भएको थियो । पाइपालाइन परियोजनाको शिलान्यास २४ चैत २०७४ मा नेपाल र भारतका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबाट संयुक्त रूपमा गरेको थियो ।

पाइपालनको काम निर्माण काम २०१८ बाट सुरु गरेर २०२० मा माघ महिना पाइपलाइनबाट तेल ल्याउन परियोजनको लक्ष्य रहेको थियो । परियोजनाको पाइपलाइनबाट तेल ल्याउने निर्धारित समय २०२० माघ भए पनि पाइपालनबाट तेल २ साउनबाट आइसकेको छ । पाइपलाइनको दूरी ६९.२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ ।

पाइपलाइन परियोजना प्रमुख, इन्जिनियर प्रदीपकुमार यादवले पाइपलाइनबाट तेल ल्याउँदा बरौनीदेखि अमलिगन्जसम्म प्रतिलिटर ढुुवानी खर्च साढे २ रुपैयाँ बच्ने बताए । पाइपलाइनबाट तेल आउँदा वार्षिक करिब साढे २ अर्ब रुपैयाँ ढुवानी भाडा बच्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री