काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको अाज उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले उद्घाटन गरेका हुन् ।
समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनिय सहभागिता रहेको बैंककाे जारी बिज्ञप्तीमा उल्लेख छ ।
तपाईंको प्रतिकृया




