काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एटिएम सञ्चालनमा ल्याएको छ । नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंककाे एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरि कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्ने भएको बैंकले वताएकाे छ ।”
नबिल बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरसंगै अघि बढ्ने विश्वास राखेको बैंकले वताएकाे छ ।




