ज्योति विकास बैंकले मनायो ११औं वार्षिकोत्सव

काठमाडौँ । ज्योति विकास बैंक साउन ९ गते १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सव अवसरमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादी कार्यालयमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा यसवर्ष रक्तदान कार्यक्रम आयोजना गरेको थियाे ।  १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेको बैंकले जनाएको छ ।सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इनेबल नेपाल संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ । उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने जनाइएको छ ।

बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्तरुपमा रु २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

यससँगै बैंकले हाम्रो सुरक्षित बचत खाता सञ्चालनमा ल्याएकाे छ । वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंकले विश्वास लिएको जानकारी दिएकाे छ ।

बैंकका ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर र ४० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा बैंकले वताएकाे छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २५.५० अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको बैंकले बिज्ञप्तीमार्फत उल्लेख गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री