पहिलो फिल्म सुटिङबारे अनुभव सुनाउँदै शाहिदले भने १२ पटकसम्म टेक लिएको थिएँ

काठमाडौं । अभिनेता शाहिद कपुरको फिल्म ‘कविर सिंह’ बक्स अफिसमा हिट छ। यसले सोचेभन्दा धेरै कमाइ गरिरहेको छ। फिल्मको कथा, सांगीतिक पक्ष र शाहिदको अभिनयलाई फिल्म प्रशंषकहरुले रुचाएका छन्।

यसरी बक्स अफिसमा राज गरिरहेका शाहिद कुनै समयमा फिल्ममा अभिनय गर्दा अनेकौं टेक लसने गर्थे भन्ने सुन्दा विश्वास नलाग्न सक्छ। शाहिद आजभन्दा १६ वर्षपहिले ‘इश्क विश्क’बाट बलिउड प्रवेश गरेका थिए। कलेजमा हुने रोमान्समा आधारित यो फिल्ममा शाहिद चकलेटी केटाको रुपमा देखा परेका थिए। उनको उक्त समयमा प्रशंसा समेत भएको थियो।

एक अन्तर्वार्ताको क्रममा शाहिदले सो फिल्मको सुटिङको क्रममा आफूले लिनु परेको टेकलाई लिएर अहिले आफ्नो भनाइ राखेका छन्।

सेटमा उनको पहिलो दिन फेक सचिन तेन्डुलकरको साथमा एक सिन सुटिङ गर्नुपर्ने थियो। उक्त सिन सुन्दै धेरै रमाइलो रहेको स्वयम् शाहिद स्वीकार्छन्। उक्त सुटिङका क्रममा उनी निकै नर्भस समेत रहेको बताए। उनले आफूले पहिलो सुटिङको क्रममै ११/१२ रि-टेक खाएको सम्झना रहेको बताएका छन्।

उक्त फिल्ममा शाहिदसँगै अमृता राव, शहनाज ट्रेजरीले सँगै स्क्रिन सेयर गरेका थिए। फिल्मका निर्देशक केन घोषले गरेका थिए। यो फिल्मका लागि शाहिदले ‘वेस्ट मेल डेब्यू’को फिल्मफेयर अवार्डसमेत प्राप्त गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस