काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोरङ्गको विराटनगर महानगरपालि वडा नं. ७ स्थित गोल्छा चोकमा काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले मुलुकभर वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित काउण्टर मार्फत् बैंकिङ सेवा पु¥याउने उदेश्यले सो काउन्टर संचालनमा ल्याएको हो ।
बैंकले सञ्चालनमा ल्याएको सो विस्तारित काउण्टरको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली गरेका हुन् ।
बैंकले हाल मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् करिब १६ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईंको प्रतिकृया




