रौतहट । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि विहीबार राति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त थियाे । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेकाे थियाे । साेही बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।
साे झडपमा एक बालकसहित पाँचजना घाइते भएका छन् । हाल घार्इतेहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन ।

तपाईंको प्रतिकृया




