काठमाडौं । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र जंगली हात्तीको आक्रमणबाट २ को मृत्यु भएको छ । कोशी गाँउपालिका वडा नम्बर ३ स्थित आरक्ष भित्र घाँस काट्न गएका २ महिलालाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट ५५ बर्षीया वेतनीदेवी सरदार र ३६ बर्षीय सोबियादेवी सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईंको प्रतिकृया




