नेपाल टेलिकमको इन्टरनेट सेवाको महशुल नबढ्ने

काठमाडौँ ।  नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको  हो ।

टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल दरमा बृद्धि नगरेको दिएको छ । नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ ।

टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस