आजकाे माैसम : हल्कादेखि भारीसम्म वर्षाको सम्भावना, बाढी पहिरो र डुबानको जोखिम अझै

काठमाडाैँ । मंगलबार पनि देशभर बदली रहेको र हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडमा पहिरो र तराईमा बाढी, डुबानको जोखिम अझै छ। आज अविरल वर्षा नभए पनि वर्षा भने जारी रहने केही पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन जरुरी नै रहेको मौसमिवद् शान्ति कँडेलले जानकारी दिइन्।

‘अब पहिलेजस्तो अविरल (लगातार) वर्षा त हुँदैन तर त्यसो भनेर वर्षा रोकिने होइन,’ उनले भनिन्, ‘मनसुनी गतिविधि जारी नै छ, पर्सिसम्म वर्षाको सम्भावना छ।’ मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे प्रकाशन गरेको २४ घण्टे चेतावनीमा देशको पश्चिमी तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र मध्य क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसका कारण देशको पहाडी भूभागमा पहिरो जान सक्ने तथा तराइमा बहने नदी हरूमा मा जलको बहाव र स्तर हल्का बढ्ने सम्भावना छ।साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउने सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसअघिको अविरल वर्षाका कारण जमिन भिजिसकेको तथा गलिसकेका कारण अब थोरै वर्षा भए पनि पहाडमा पहिरो तथा तराईमा बाढीको खतरा रहेको मौसमविद्को भनाइ छ। आज मनसुनी न्यून चापीय रेखा केही तल (दक्षिण) तर्फ सर्ने भएकाले वर्षाको मात्रा केही कम हुने मौसमविद्को अनुमान छ। ‘तर नर्मल पोजिसनभन्दा अझै उत्तर नै छ यो रेखा,’ मौसमविद् कँडेलले भनिन्, ‘त्यही भएर वर्षाको मात्रा केही कम होला तर मनसुनी गतिविधि रोकिँदैन।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस