पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको ज्यान गयो

भोजपुर । लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।

शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि घरमा बसिरहेका राईका श्रीमती र दुई छोराको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । राई घरायसी कामले गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

स्थानीय नागरिकले शव निकाल्न नसकेपछि एक्स्काभेटर लगिँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री