कुमारी बैंकका दुई नयाँ शाखा 

काठमाडौं । कुमारी बैंकले काठमाडौं  उपत्यकामा आफ्ना दुई नयाँ शाखाहरु ः ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेलको (छायाँदेवी कम्प्लेक्स) औपचारिक उद्घाटन गरेको छ ।

उक्त उद्घाटन समारोह ठमेलमा बैंकका संचालक समिति तथा ठमेल पर्यटन बोर्डका अध्यक्षद्वय क्रमश ः अमिर प्रताप ज.ब.राणा र प्रकाश नरसिंह राणाले संयुक्त रुपमा स्थानीय व्यापारिक समुदाय, वासिन्दा, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीको उपस्थितिमा सम्पन्न गरे ।

यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाले उल्लिखित सहभागितामा, सो उद्घाटन समारोह सम्पन्न गरे ।
उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको देशव्यापी शाखा संजाल संख्या ९६ पुगेको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९६ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

ल्यो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री