शिक्षकको कुटाईबाट कञ्चनपुरमा विद्यार्थीको मृत्यु

कञ्चनपुरको एउटा निजी स्कुलका शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु भएको छ । शिक्षकको कुटाईबाट घाईते भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयमा अध्ययनरत विद्यार्थी माधव कलौनी उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयबाहिर साथीभाइसँग झै–झगडा गरेको भन्दै प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकको कुटाईबाट गम्भीर घाईते कलौनीको भारतमा उपचार भईरहेको थियो । नौ कक्षामा अध्ययनरत कलौनीको टाउको, छातीमा चोट लागेकाे थियाे भने दायाँखुट्टा भाँचिएको थियो ।

नेपालगन्ज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार लागि उनका परिवारले भारतको राममुर्ती मेडिकलमा लगेका थिए । माधबको मंगलबार राति उपचारका क्रममा मेडिकलमा मृत्यु भएको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कहाँ-कहाँ छ वर्षाको सम्भावना ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् …

प्रतिकृया दिनुहॊस