सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँको सम्जुरमा

काठमाडौं । तनहुँ जिल्लाको सम्जुरमा सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको छ । आफ्नो ३७ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँको भानु नगरपालिका वडा नं १३, सम्जुरमा शुरू गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बानियाले गरेका हुन् ।

सो अवसरमा सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के.सी साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन अध्यक्ष रामबहादुर बानिया र सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के.सीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छ ।

हालसम्म बैंकको १ सय १२ वटा शाखा रहेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस