बिमा रकमको लोभमा बावुद्वारा छोरीको हत्या

रौतहट । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा  बुबाले आफ्नै  चार वर्षीया  छोरीको हत्या गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।

यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका थिए ।हत्यापछि उनले छोरी हराएको भन्दै गुहार मागेका थिए ।

प्रहरीले  १७ गते  नाबालिका लक्ष्मीको शव पोखरीमा फेला परेपछि अनुसन्धानको क्रममा स्वयम् लक्ष्मीकै बाबुले बीमाको रकम हात पार्न उनको हत्या गरेको पत्ता लगाएकाे हो ।राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकार गरेका छन्। बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ । यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका थिए   ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री