एनआईसी एशिया बैंक र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारी ले हस्ताक्षर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री