नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन

काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको ४३८ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ ।

अध्यक्ष बि.आर.एस. सत्यनारायण एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोह बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds