कामना सेवा विकासको बोनस शेयर शेयरधनीको हितग्राही खातामा

काठमाडौं । कामना सेवा विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर र नगद लाभांश जम्मा भएको छ । बैंकको १२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश जम्मा भएको हो । अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा असार १९ (आज)बाट हितग्राही खातामा जम्मा भएको छ ।

साथै, भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीले शेयर अभौतिकीकरण गराए पश्चात क्रमश निजहरुको नगद लाभांश बैंक खातामा र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री