जसले निधनपूर्व नै फेसबुक प्रोफाईल तस्विर ब्ल्याक एण्ड ह्वाइट’ बनाए

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालकाे मृत्यु भएकाे छ ।  अब उनकाे फेसबुक सधैका लागी बन्द भएको छ । कहिलै फेसबुक चलाउन नपाउने गरि बिदा हुनुभन्दा पहिलेनै आफैले फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाईसकेका थिए भने साथमा दियाे पनि जलिरहेकाे थियाे ।

मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखिसकेका थिए । नेपाली संस्कारअनुसार मृत्यु भइसकेको मानिसको तस्वीर श्यामश्वेत बनाउने प्रचलन छ ।

आफ्नो फेसबुकको अन्तिम तस्वीरकारुपमा  प्रकाश दाहालले केही पनि नलेखेर छोराको तस्वीर राखेका थिए । दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् भने उनी छोराका साथमा देखिन्छन् ।

उनका दुबै पत्नी र छाेरा अस्पतला पुगिसकेका छन् । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा भने गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्नेभएकाे छ ।

उनीलार्इ आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो भने अस्पतालले उनकाे मृत्यु भर्इसकेकाे पुष्टि गरेकाे छ ।  झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड केहिवेरमा हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

अहिले अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री