काठमाडौँ । सानिमा बैंकले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आवेदन खुला गरेको हो । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक दुई हजार रुपैयाँ नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।
तपाईंको प्रतिकृया




