दाङमा ट्याक्टर पल्टिदा चालकको मृत्यु

दाङ । दाङमा ट्याक्टर पल्टिदा चालक दिपक नेपालीको मृत्यु भएको छ । मंगलबार विहान तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी खोलामा ट्याक्टर पल्टिदा चालक तुलसीपुर ५ बगरपुर निवासी २० बर्षीय नेपालीको मृत्यु भएको प्रहरीले बताएको छ ।

ना ५ त ९०७९ नम्बरको ट्याक्टर पल्टिदा गम्भीर घाईते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले बताए ।

दुर्घटनामा परि सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस