खेलकुद सातौं ऊर्जा सम्मेलन मंसिरमा

काठमाडाैँ । आगामी मंसिरमा काठमाडौंमा सातौं ऊर्जा सम्मेलन २०१९ आयोजना हुने भएको छ । जलविद्युत क्षेत्रको निजी प्रवद्र्धकहरूको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा सम्मेलन गर्न लागेको हो । ‘पावरिङ दि एसियन सेन्चुरी’ भन्ने नारासहित आगामी मंसिर ५ र ६ गते ऊर्जा सम्मेलन आयोजना गर्न लागेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए ।

ऊर्जा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालालाई एकै ठाउँमा भेला गरेर अनुभव आदान–प्रदान गर्र्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा आधुनिक प्रविधिको ज्ञानसहित लगानीबारे छलफल हुने छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित साढे ७ सय बढीको सहभागिता रहने सम्मेलनमा नेपालको विद्युत् क्षेत्र र यसको विकास, विद्युत् व्यापार, प्रसारणलाइन, बजारको विस्तार, दिगो तथा सहभागितामूलक जलविद्युत् विकासलगायतबारे छलफल हुने इप्पानले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस