सन्दर्भ धान दिवस : पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ ।

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो ।

विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल मौसमसमेतका कारण कृषि क्षेत्रको योगदानमा बढोत्तरी हुने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वर्षको लक्ष्य राखिएको छ ।

धान उत्पादनसँगै उत्पादकत्व पनि बढिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो वर्ष धान उत्पादन प्रतिहेक्टर ३।५१ मेट्रिक टन रहेकोमा चालू वर्ष सात दशमलव २७ प्रतिशतले बढेर तीन दशमलव ७६ प्रतिहेक्टर पुगेको छ ।
नेपालको मुख्य खाद्यान्न बाली धानको कुल खाद्यान्नमा योगादन ५८–६० प्रतिशत छ । कृषिजन्य कुल गार्हस्थ्य उत्पादनमा योगदान २० प्रतिशत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री