स्थानीयले थापेको विद्युतीय धराममा परेर हात्तीको मृत्यु

काठमाडाैँ । झापामा विद्युतीय धरापमा परी मृत्यु हुने हात्तीको संख्या ११ पुगेको छ। शुक्रबार राति जिल्लाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ स्थित रणकाली सामुदायिक वन नजिकै एउटा हात्ती मरेपछि विद्युतीय धरापमा परी मर्ने हात्तीको संख्या ११ पुगको हो।

रणकाली सामुदायिक वनसँगै जोडिएका स्थानीयले रातको समयमा तारको घेराबारा राखी विद्युतीय करेन्ट फैलाएका थिए। जंगलबाट गाँउ पस्न खोजेको करिब अढाइ वर्ष उमेरको हात्ती विद्युतीय करेण्ट लागेर मरेको सव डिभिजन वन कार्यलय जलथलका प्रमुख जिवन पाठकले  बताए।

जलथलको चारकोसे जंगल आसपास क्षेत्रमा भने यस्तो घटना पहिलो हो। मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्रमा भने यस्तो घटना दसौं पटकसम्म भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ।

९ सालयता झापामा बस्ती, किसानका धनसम्पत्ति, अन्नवाली जोगाउनका लागि थापिएको धरापमा परेर ११ वटा हात्ती मरेको जिल्ला वन कार्यलय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए। उनले आहाराका लागि गाउँ पसेका हात्तीको आक्रमणबाट पनि ३९ जना सर्वसाधरणको मृत्यु भएको जानकारी दिए।

मरेको हात्तिको पोष्टमार्टटम हुने भएको छ। भेटरीनरी चिकित्सकले मरेको हात्तीको पोष्टमार्टम गरेपछि अन्येष्टि गरिने सव डिभिजन वन कार्यालयका प्रमुख पाठकले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री