सबैले आफूँअनुकूल वृक्षारोपण गरौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वृक्षारोपणमा जोड दिनुपर्ने बताएका छन् ।

कोटेश्वर–कलङ्की सडकखण्डमा शनिबार सुरु गरिएको वृक्षारोपण कार्यक्रममा ओलीले भने, “सबैले आफूँअनुकूल वृक्षारोपण गरौं । छतमा ठाउँ भए छतमा फलफूल लगाऔं  तरकारी किन्न झोला बोकेर बजार होइन, कौसीतिर जाऔं ।”

प्रधानमन्त्री ओलीले देशैभर वृक्षारोपण कार्यक्रम मनाउँदै बिरुवा रोपिने बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, वनमन्त्री शक्ति बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडाको उपस्थिति रहेको छ ।

कोटेश्वर–कलङ्की सडकखण्डमा दुई हजार ६००  बिरुवा रोपिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप