काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १७ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको बार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । आ.व. २०७४÷७५ मा विभिन्न बिमा व्यवसाय अन्तर्गत १ अर्ब ७८ करोड ९३ लाख ३ हजार बिमा शुल्क आर्जन गरेको जानकारी गराए ।
सभाले हाल कायम रहेको चुक्ता पुंजीको १५.४८४३३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आगामी ४ बर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतन लाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ ।
तपाईंको प्रतिकृया



