काठमाडौं । राजधानीको कीर्तिपुरमा एकजना किशोरीमाथि सिरिन्ज आक्रमण भएको छ। बिहीबार साँझ घर नजिकै हिँडिरहेका बेला आफूलाई सिरिन्ज आक्रमण गरिएको १३ वर्षीया किशोरीले बताएकी छन्।
उनी सिरिन्ज आक्रमणमा परेपछि टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा उपचार गर्न पुगेकी थिइन् । उनीलाई चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् ।
काठमाडौंमा महिलामाथि आक्रमणका घटना आइरहेका बेला उपत्यका बाहिर पनि ‘सिरिन्ज आक्रमण’को घटना सार्वजनिक भएपछि सर्वसाधरणमा त्रास फैलिएको छ।
तपाईंको प्रतिकृया




