रसाईलीको ‘अमिलो निबुवा’मा ट्वीन्स गर्ल र शिशिर भण्डारी (भिडियो)

काठमाडौं । अस्ट्रेलियामा बसेर  हिट म्युजिक भिडियो निर्देशन गरेका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि  जम्ने  कोसिसमा छन्।  गायक रसाईलीको नयाँ गीत  ‘अमिलो निबुवा’को म्युजिक भिडियो रिलिज भएको छ। दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज  रहेको छ  भने गायक रसाईलीलाई  गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन्।

‘अमिलो निबुवा’मा टिकटकका सर्वाधिक हिट ट्वीन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा , दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ , शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ।  ‘अमिलो निबुवा’ मा नवराज उप्रेतीले छायाँकन नविन निरौलाको सम्पादन र गम्भीर विस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ।

रसाईलीले यस अघघि पनि धेरै सामजिक चेतनाका  र कमर्सियल गीतहरु गाइसकेका छन् भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।

 

https://www.youtube.com/watch?v=CPhKQlXjtKs

 

तपाईंको प्रतिकृया

लेखकबाट थप