एजेन्सी । अहिले विश्वमा शरणार्थी बन्नेहरुको संख्या बढ्दै गएको छ । विश्वका शक्तिशाली देशहरुको चपेटमा परेर होस् वा आफ्नै आन्तरिक युद्धका कारण मानिसहरु शरणर्थी बन्न बाध्य भएका छन् । सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्वीर सायद तपाईले बिर्सनु भएको छैन होला ।
समुन्द्रको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शव देखेर पूरा संसार रोएको त्यो क्षण हाम्रो दिमागमा अहिले पनि छ ।
अहिले चार वर्षपछि अमेरिकाबाट यस्तै तस्वीर सार्वजनिक भएको छ । यो तस्वीरमा एक शरणार्थी पिता र उनको टिसर्टमा बेरिएकी उनकी छोरीको शव छ जसले एकपटक फेरि विश्वलाई रुवाएको छ । सेन्ट्रल अमेरिका नजिकै एउटा देश एल साल्भेडरमा बस्ने अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी वलेरियाको यो तस्वीर एक मेक्सिकेली पत्रिका ला जोर्नडाले छापेको हो ।
पहिलो पृष्ठमा छापिएको यो तस्वीर मंगलबारको संस्करणमा छापिएको हो जुन केही घण्टामा नै विश्वभर फैलिएको छ । करोडौले सेयर गरिसकेका छन् । घाँसै घाँस भएको एक नदी किनारामा अस्करसँग उनकी छोरी टाँस्सिएकी छिन् ।
यो अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको दृश्य हो । पत्रिकाको खबर अनुसार र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए ।
आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमती पत्नी तानिया वैनेसा ओवलोसलाई प्रतिक्षा गरे । पत्नी नआएपछि उनी लिन भनेर हिडेका बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् ।
उनलाई बचाउनका लागि उनी पनि हाम फाले । छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो ।
यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् । तस्वीरमा हेर्दा यस्तो देखिएको छ कि उनले छोरीलाई अन्तिमसम्म अगालो हालेका थिए । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मैनुअल लोपेज़ ओबराडोरले यो घटना एकदमै दुर्भाग्यपूर्ण भएको प्रतिकृया दिएका छन् ।
प्रतिकृया दिनुहॊस