काठमाडौंको रेष्टुरेण्टबाट पैसा चोरेर भाग्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती नौतलेस्थित अमित मोक्तानको ड्रंकन मंकी क्याफे एण्ड रेष्टुरेण्टबाट पैसा राख्ने बाकस र नगद ८० हजार रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने रामेछाप घर भएका १८ वर्षीय अजय महत, काठमाडौं कपन शिवचोक बस्ने धनकुटा घर भएका १८ वर्षीय युनिष राई र काठमाडौं कपन खरीबोट बस्ने काभ्रे पाँचखाल घर भएका १८ वर्षीय नबराज नेपाली रहेका छन् ।

महानगरीय प्रहरी विट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री