पत्रकार कुटेको आरोपमा सलमान सलमानमाथि मुद्दा

एजेन्सी   । पत्रकार कुटेको आरोपमा सलमान सलमानमाथि मुद्दा दायर भएको छ । सलमानमाथि  पत्रकार अशोक पाण्डेले उनी र उनका सुरक्षा गार्डले खुलेयाम सडकमा हातपात गरेको, धम्क्याएको र गाली गरेको आरोप लागाउँदै मुद्दा दायर गरेका छन् ।

उनी जेके२×७ न्युज च्यानलमा महाराष्ट्रको प्रमुख हुन् । पत्रकारका वकिल नीरज गुप्ताले यो कुराको पुष्टि गरेका हुन् ।

उनले मुम्बईको अन्धेरी मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा याचिका दायर गरेका हुन् । सलमान खानविरुद्ध भारतीय दण्ड संहिताको धारा ३२३, ३९२, ४२६ र ५०६ अनुसार मुद्दा दायर गरिएको हो । यो मामिलामा १२ जुलाईमा सुनुवाई हुनेछ ।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा पत्रकारका वकिलले घटना भएपछि अशोकले डीएम नगर पुलिस स्टेशनमा लिखित निवेदन दिएका थिए । तर, प्रहरीले सलमानमाथि कुनै कारबाही गरेका थिएनन् । त्यसपछि उनले अन्धेरीको तल्लो अदालतमा आपराधिक मुद्दा दायर गरेका हुन् ।

गत अप्रिल २५ मा सलमान खान राति आफ्ना बडीगार्ड र केही मानिससँग साइकल यात्रामा निस्किएका थिए । त्यतिबेला अशोक आफ्ना क्यामेराम्यानसँग जुहूबाट  कांदिवली जाँदै थिए ।

उनले सलमानलाई देखेपछि उनको भिडियो बनाउन लागेका थिए । तर, सलमानले पत्रकारलाई देख्नासाथ उनले क्यामेरा खोस्दै धम्की दिएका थिए ।

अशोकका अनुसार सलमानले आफ्ना बर्डिगार्डलाई इशारा गरेका थिए । त्यसपछि उनीहरुले पत्रकारमाथि हातपात गरेका थिए । अशोकका अनुसार उनले सलमानका बर्डिगाडसँग अनुमति लिएर भिडियो बनाउन शुरु गरेका थिए । त्यसपछि पनि उनीहरुले हातपात गरेर फोन खोसेर डाटा डिलेट गर्ने प्रयास गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री