पुनर्बिमा कम्पनीको खुद नाफामा सुधार, १ अर्ब ६० करोडको आइपीओ आउँदै

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म जीवन बिमातर्फ ९ करोड ९ लाख ४१ हजार रुपैयाँ र निर्जीवन बिमातर्फ ८० करोड ४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा जीवन बिमामा ११२.४२% र निर्जीवन बिमामा १६.९२% ले खुद नाफा वृद्धि गरेको हो ।
यता, जीवन बिमा व्यवसायबाट २९ करोड ७४ लाख ५५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । निर्जीवन बिमाबाट ३ अर्ब २५ करोड १७ लाख ५३ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी भएको छ । पुनर्बिमा कम्पनीले चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा चुक्ता पुँजी ५ अर्ब रुपैयाँ मात्र रहेको थियो ।
कम्पनीले पुँजी वृद्धि गर्न १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरिरहेको छ । यसका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । उक्त आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।
पुनर्बिमा कम्पनीले तेस्रो त्रैमासको अन्त्यसम्म निर्जीवन बिमातर्फ २ अर्ब ८ करोड १३ लाख ८ हजार रुपैयाँ रिजर्भ कोषमा राखेको छ । यस्तै, जीवन बिमातर्फ रिजर्भ कोषमा ३९ करोड ९४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री