सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने र तीव्रगतिका बलर सोमपाल कामी क्यानडाको आधिकारिक ग्लोबल टी–२० क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । सन्दीपलाई टोरन्टो नेसनल्सले बिहीबार भएको ड्राफ्टबाट ६० हजार डलरमा लिएको हो । सन्दीपको टोलीका ‘मार्की’ खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान युवराज सिंह छन् ।

त्यसैगरी, विदेशी ‘फ्रेन्चाइज’ लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका हुन् ।सोमपाललाई विन्नीपेग हक्सले न्युनतम ३ हजार डलरमा लिएको हो । उनले पहिलोपल्ट विदेशी लिगमा खेल्न लागेका हुन् ।उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा दुई खेलाडीमात्र छनोट भएका हुन् ।टी–२० क्यानडा लिग जुलाई २५ मा सुरु हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप