ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–१ जंघा खोलाको पुल नजिकै गएराति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति ९ बजे औरहीबाट गौशालातर्फ जाँदै गरेको ज१त ४२७९ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको अन टेष्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरीकै गौशाला नगरपालिका–३ नवराजपुरका १८ वर्षीय मनोज यादवलार्इ उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबास पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्याक्टरसहित चालकलाइ प्रहरी चौकी औरहीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घटेन काठमाडौँको प्रदूषण, अहिलेपनि विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा …

प्रतिकृया दिनुहॊस