घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरणमाथि अपमान !

घरबेटीले निकाले १५ दिने नोटिस, साउनदेखि भाडा नतिरी जबरजस्ती बसेकाे घरबेटीकाे गुनासाे

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिकरुपमै बेइजती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भनेर घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन अाज पत्रिकामा सूचना प्रकाशित गरेका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव ललितपुर- ४ काे बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो । घरबेटी विष्टले अाज राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ-‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

बारेमा news

यॊ पनि हेर्नुहॊस

छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । …

प्रतिकृया दिनुहॊस