लक्ष्मी बैंकको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा लक्ष्मी बैंकको खुदनाफा ४ करोड रुपैयाँ बढेको छ । चालु आवको असोजसम्म बैंकको नाफा बढेर १७ करोड रुपैयाँ पुगेको बै‌कले वताएकाे छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५८ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो ।

बै‌कका अनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा १.७८, ब्याजदर अन्तर २.९४, निक्षेप कर्जा अनुपात ७८.८६ र आधार ब्याज दर १०.६६ प्रतिशत छ । बैंकको पुँजीगत लागत बढेर ७.४६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ह्वातै घटेर ८.२४ रुपैयाँमा सीमित भएको छ । गएकाे असारमा ईपीएस २५ रुपैयाँ ४३ पैसा थियो । बैंकको संचित कोष घटेर २ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । गएकाे असारमा संचित कोषमा २ अर्ब १८ करोड रुपैयाँ थियो । चुत्तापुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री